वैदेशिक रोजगारमा जानु पुर्व कामदारहरुले ध्यान दिनु पर्ने कुराहरु



कामदारहरुले वैदेशिक रोजगारमा जानु पुर्व ध्यान दिनु पर्ने कुराहरु

  • वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति लिनु पर्दछ

  • वैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मूत्यु वा अङ्गभङ्ग हुन सक्छ, त्यसवाट आफूलाई र परिवारलाई सहयोग पुग्दछ ।
  • आफू जाने देशको भौगोलिक स्थिति,हावापानी, रहन-सहन, धर्म, कानून वारेमा सामान्य जानकारिका लागि अभिमुखिकरण तालिम अनिवार्यरुपमा लिनुपर्दछ,
  • वैदेशिक रोजगारका लागि स्वकृति प्राप्त स्वास्थ संस्थावाट स्वास्थ्य परिक्षण गराएर मात्र वैदेशिक रोजगारमा जानु पर्दछ
  • वैदेशिक रोजगारका लागि स्वीकृति प्राप्त स्वास्थ्य संस्थावाट स्वास्थ्य परिक्षण गराएर मात्र वैदेशिक रोजगारमा जानु पर्दछ,
  • म्यानपावर कंपनीलाई रकम वुझाएपछि 'रसिद' लिनु पर्दछ, काम गर्न जाँदा सम्झौता गर्नु पर्दछ र सो (करार पत्र) को एक प्रति लिई सुरक्षित राख्नु पर्दछ,
  • वैदेशिक रोजगारमा जाँदा विश्वसनीय म्यानपावर कम्पनी मार्फ जानु पर्दछ, व्यक्तिगत सम्पर्कबाट जाँदा ठगिन सक्ने हुँदा सतर्कता अपनाउनु पर्दछ,
  • कुनै न कुनै प्रकारको सीप सिकेर सोही अनुसारको काममा जानु पर्दछ ।
  • बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको प्रति आफुसँग सदैव राख्नु पर्दछ, घरपरिवार वा अविभावकलाई पनि एकप्रति छोड्नु पर्दछ,
  • काम गर्न जाने मुलुकको नेपाली राजदूतावास, श्रम सहचारी एवं गैर आवासीय नेपाली संघ आदिको सम्पर्क फोन, ठेगाना समेत आफ्नोसाथ राख्न तथा सम्पर्कमा रहनु पर्दछ,    
  • काम गरिरहेको कंपनी छाडी आफुखुसी अन्यत्र जानु हुदैन स्वीकृति वेगर अन्यत्र काम गर्दा गैर-कानूनी भै जेल सजाय हुन सक्छ,
  • असुरक्षित यौन सर्म्पर्कवाट एच.आई.भी. एड्स वा अन्य यौन जन्य रोगहरु र्सन सक्ने हुँदा र्सतकता अपनाउनु पर्दछ,
  • बैदेशिक रोजगारको क्रममा ठगीमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ,
  • विदेशवाट रकम पठाउँदा नजिकको बैंक वा अन्य बैकिङ्ग निकायवाट पठाउनु पर्दछ ।
  • वैदेशिक रोजगारमा गएका कामदारले करार अवधि पछि आफूखुशी कार्यरत कम्पनीमा काम गरेको तर पुनः 'श्रम स्वीकृति' नलिएको र 'कल्याणकारी कोष'मा रकम दाखिला नगरेको अवस्थामा बोर्डबाट कुनै पनि सुविधा पाइने छैन ।
  • आम सञ्चार माध्यमले 'वैदेशिक रोजगार' का लागि व्यवसायीबाट प्रकाशन एवं प्रसारण गर्न पठाएका सूचना आधिकारिक भए, नभएको बुझनुका साथै वैदेशिक रोजगार विभागबाट यकीन गरी प्रकाशन गरेर र्सवसाधारणलाई ठगीबाट  जोगाउनु पर्दछ ।
कामदारहरुले वैदेशिक रोजगारमा गएपछि ध्यान दिनु पर्ने कुराहरु

  • विदेशमा रहँदा सम्पर्क गर्नु पर्ने संवन्धित एंव सहयोगी निकायहरु वारे जानकारी राख्नु पर्दछ । नेपाली राजदूतावास, गैर आवासीय नेपालीहरुको संस्था (NRN), कामदारहरुको संगठित सामाजिक संस्थाहरु, स्थानीय प्रहरी, अध्यागमन कार्यालय आदिको ठेगाना र सर्ंपर्क फोन संधै आफ्नो साथमा राख्नु पर्दछ । 
  • म्यानपावर वा कार्यरत कंपनीसँग गरिएको करार अवधिको (काम गर्ने अवधि) ख्याल गर्नु पर्दछ । करार अवधि समाप्त भएपछि पुनः म्याद थप नगरी बसेमा कानूनी कारवाहीको भागिदार हुन पर्दछ ।
  • कम्पनीले करार अवधि थप गरेमा सो करार पत्र अनुसार मेन पावर कम्पनी वा घर परिवारको सहयोगमा पुनः श्रम स्वीकृति लिनु पर्दछ । त्यसो गरे विमा एवं वोर्डबाट पाईने सुविधा पाउन सकिन्छ । पुनः श्रम स्वीकृति नलिएमा उद्धार एवं राहत तथा विमाको सुविधा पाईदैन् ।
  • म्यानपावर कंपनीले भनेको कंपनी भन्दा फरक कंपनीमा, फरक काममा र कम पारिश्रमिकमा काममा लगाएको छ भने तुरुन्त नेपाली दूतावास, वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा जानकारी दिनु पर्दछ । आफु खुशी अन्यत्र जानु हुदैन् । अन्यथा गलत काम गर्ने म्यानपावर कम्पनीलाई कारवाई गर्न सकिदैन । छानबीन भए पछि मात्र दिएको सुझाव अनुसार काम गर्नुपर्दछ ।
  • बढी पारिश्रमिक पाइन्छ भनेर करार विपरित आफू खुशी अर्को ठाउँमा काम गर्न जानु हुदैन् । त्यो काम गर्ने मुलुकको कानून विपरित हुन्छ र कानूनी कारवाहीमा पर्न सकिन्छ ।
  • कोठामा बस्दा वा सुत्दा ए.सी. (A. C) को सही किसिमबाट प्रयोग गर्नुपर्दछ । थाहा नभएको कुरा सोधेर सिक्नु पर्दछ ।
  • कमाएको पैसाको फजुल खर्च गर्नु हुदैन् । यथासमयमा नजीकको 'मनी ट्रान्सफर' र 'मनी एक्सचेन्ज' को जानकारी लिई भरपर्दो तवरबाट आफ्नो घर-परिवारलाई पठाउनु पर्दछ । ब्यक्तिगत तवरबाट र हुण्डीबाट पठाउँदा जोखिम (खतरा) हुनसक्दछ